संगालोखबर


विराटनगर । विराटनगरमा एम्बुलेन्स चालकहरूलाई सुरक्षित सडक प्रयोग तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटाको आयोजना तथा ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा कोशी प्रदेशअन्तर्गतका एम्बुलेन्स चालकलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा १६ जना एम्बुलेन्स चालक सहभागि थिए । सुरक्षित सडक प्रयोग, ट्राफिक नियम तथा संकेत, रक्षात्मक ड्राइभिङ, सवारी दुर्घटनाबाट बच्ने उपाय, एम्बुलेन्स चालकको आचरण तथा व्यवहार र एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लगायतका विषयमा जानकारी गराइएको थियो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक सञ्जयकुमार यादवसहितको टोलीले चालकहरूलाई प्रशिक्षण गराएको हो । एम्बुलेन्स चालकलाई जिम्मेवार, सुरक्षित र अनुशासित बनाउन प्रशिक्षण आयोजना गरिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!