झापाबाट काठमाडौं जाँदै गरेको इभी सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु
विराटनगर । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार आज बिहान विपी राजमार्ग स्थित गोलञ्जोर गाउँपालिका-५ मा बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको इभी दुर्घटना भएको हो ।
दुर्घटनामा चालक दोलखाको गौरीशङ्कर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्या...





























