संगालोखबर


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड, आगजनी, हत्या, हिंसालगायतका  कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । आज झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको स्मरण गर्दै अब देशमा यस्ता कुराहरू स्वीकार्न नसकिने उल्लेख गरे ।

Advertisement

उनले शान्तिपूर्ण सभा गर्छौँ भन्नेहरूले आगजनी र चोरीमा संलग्न हुनु कस्तो खालको प्रदर्शन हो भन्दै प्रश्न समेत गरे । उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैँ सकारात्मक काम भएको उल्लेख समेत गरे ।

यस्तै झापामा पार्टीका सङ्गठनहरू कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै उनले नयाँ जोस, जाँगरका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरूको पछाडि लाग्न नहुने उल्लेख गरे । यस्तै देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!