
विराटनगर । एक वर्षको अवधिमा देशभर भएका ८ हजार ८ सय ६१ वटा विपद्जन्य घटनामा परेर ७ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६९ जना बेपत्ता भएका छन् भने एक हजार ७ सय २ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोका कारण ३ सय ५१ जनाको ज्यानले ज्यान गुमाएका छन् ।
यस्तै बाढीबाट ९७, चट्याङबाट ७८ र आगलागीबाट ७७ जनाको मृत्यु भएको छ । यस्तै भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३ र सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार डढेलोबाट १०, हुरीबतासबाट सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ ।