संगालोखबर
फाइल तस्बिर

विराटनगर । दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौं पठाइएको हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । उनी भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए ।

Advertisement

प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैँले आत्मसमर्पण गरेको दाबी गरेको थियो । प्रसाईं चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमान्डर थिए । प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!