
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













