श्रेष्ठ परिवारमा बज्रपातः बुबा मलेसियामा बिते, छोरी दक्षिण कोरियामा
इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ । अध्ययनको सिलसिलामा ६ महिनाअघि विद्यार्थी भिसामा गएकी श्रेष्ठको दुई दिनअघि निधन भएको हो ।
उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनका फुपाजु होम श्रेष्ठले सोनुको हृदयघातका कारण निधन भएको जानकारी कोरियाबाट आएको बताए । इलाम–कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालमार्फत खबर आएको उ...






























