संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । आज मेयर नागेश कोइरालाले महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरिएको हो ।

Advertisement

बडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरूका बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरू समेत बडापत्रमार्फत हेर्न सकिने आईटी शाखाकी इन्जिनियर अर्चना कर्णले बताइन् ।

उनका अनुसार मोबाइल चलाउन जान्ने सबैले बडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहित महानगरसँग सम्बन्धित अन्य जानकारीहरू प्राप्त हुनेछन् ।

बडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णको भनाइ छ । मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरू पारदर्शी रूपमा हेर्न र बुझ्न सजिलो हुने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!