विराटनगर । इलाममा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् । इलाम नगरपालिका-१२ साङरुम्बाका २४ वर्षीय मनोज भन्ने बुद्धिराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी हाल देउमाई नगरपालिका-७ सिद्धीथुम्का ससुराली घरमा बस्दै आएका थिए । इलाम प्रहरीका अनुसार २०८१ साल असार १८ गते २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेर लिम्बु फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनलाई बिहीबार पक्राउ गरिएको हो । लुकिछिपी बस्दै आएका उनलाई इलाम नगरपालिका-७ बाट पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।
अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।