संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगर-विराटचोक सडकखण्डमा पर्ने उक्त स्थानमा केही बेर अघि दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी-९ का ४० वर्षीय महमद हमिद मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Advertisement

विराटचोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपरले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

‘करिब दुई घण्टा अघि दुर्घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएका छौँ’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘शव उठाउन सकिएको छैन । स्थानीयले अवरोध गरिरहेको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!