संगालोखबर
फाइल तस्बिर

विराटनगर । उदयपुरको रौतामाई गाँउपालिका-७ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति चेकजाँचका क्रममा उदयपुरगढी-७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!