संगालोखबर


काठमाडौं । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा नेकपा एमालेले आज ‘युथ सेलिब्रेसन’ कार्यक्रमको गरेको छ । लोकतन्त्र दिवसको दिन भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा देशभरबाट पार्टीनिकट जनवर्गीय सङ्गठनका युवाहरू काठमाडौंमा भेला भएका छन् ।

Advertisement

कार्यक्रम स्थलमा कन्सर्टसँगै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन् भने छन् भने वक्ताका रूपमा १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरू सहभागि छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गर्ने छन् । इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियु सभापति याश्मिन शेख, पीएन क्याम्पसको सभापति विष्णु पोखरेल, डाक्टर आनन्द सिंहलगायतका युवा वक्ता छन् ।

स्वदेशमै युवाहरूका लागि विभिन्न अवसर छन् भन्ने सन्देश दिनका साथै युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, गणतन्त्र लगायतको महत्व दर्साउन ‘युथ सेलिब्रेसन’ कार्यक्रम गरिएको एमालेले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!