संगालोखबर

विराटनगर । सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Advertisement

उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टाका लागि छुटेको प्रदेश १-०१-००१ ख ३४२० नम्बरको बस मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको हो । बसमा ३५ जना यात्रु सवार रहेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका-१ का ७५ वर्षीय रत्नबहादुर मगराती, झापाको गौरदह-२ का ३९ वर्षीय अनिल राई र उदयपुर त्रियुगा नगरपालिका-२ खैजनपुरकी २२ की कबिता चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मगरातीलाई विराटनगरको गोल्डेन अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुई जनाको भने बसले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रमुख रामबालक रायले संगालोखबरलाई जानकारी दिए । 

घाइतेमध्ये केहीलाई विराटनगरको गोल्डेन अस्पताल ल्याइएको छ भने केहीको कञ्चनरूप नगर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक झापाको मेचीनगर नगरपालिका-७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!