
विराटनगर । विराटनगर-५ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरी बर्जु गाउँपालिका-२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दावाबन्दीबाट केशलिया रोडतर्फ जाँदै गरेको प्र ०१-१२-१-०४-००१ त ०४१० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्याक्टर चालक सुनसरीको बर्जु-२ का अन्दाजी ३५ वर्षीय बिनोद कामत फरार छन् ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।