
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ बाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहीबार बिहान सोही स्थानका २० वर्षीय आबिद अलि (मियाँ) लाई प्रहरीले पक्राउ गरेको हो ।
अलिले ती बालिकालाई ललाई-फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
सोही आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।