विराटनगर । सुनसरीको धरानमा दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा बैशाख १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।
कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्ला साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सहभागिता हुने जानकारी दिए ।
प्याकुरेलले प्रतियोगितामा ग्रस एण्ड नेट, नियरेस्ट टु द पिन, लङेस्ट ड्राइभ लगायत विधामा खेलाडीहरूको प्रतिस्पर्धा हुने बताए । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मेडल र ट्रफी प्रदान गरिने छ ।