विराटनगर । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित गत चैत २० गतेबाट आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । आज नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा १५ जना शिक्षक घाइते भएका छन् ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेपछि आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । भिड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हानेको छ । अहिले बानेश्वरको अवस्था तनावपूर्ण रहेको छ ।
शिक्षकहरू चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा गरेर काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन ।
शिक्षक-कर्मचारी आन्दोलित भएसँगै नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ ।