
विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विराटनगर-१३ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उपमहानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङ छन् । उनीहरूलाई चेकजाँचका क्रममा ६ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको देवानगन्ज गाउँपालिका-२ बाट भारतको अररिया पत्राहा-१५ का २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन पाँच सय ग्राम गाँजासहित पक्राउ परेका छन् ।
बीआर ३८ एडी ४१३३ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको बेलका नगरपालिका-९ का २४ वर्षीय जनम गहतराज दुई सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।