संगालोखबर
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगले आज काठमाडौंमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

Advertisement

मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाउने उनले चेतावनी दिए ।

नेपालबाट मेटाको कार्यालयमा पैसा गइरहेको भन्दै उनले मेटाले पनि नेपालमा दर्ता भएर कर तिर्नुपर्ने उल्लेख गरे । मन्त्री गुरुङले नेपालमा अहिलेसम्म टिकटक, भाइबर र वी-टक मात्रै दर्ता भएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!