
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज प्रतितोला १० रुपैयाँले घटेर चाँदी दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 












