विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । आज भएको निर्वाचनमा राजवंशी सहित प्यानल नै निर्वाचित भएको हो ।
राजवंशी ४६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् । यसअघि राजवंशी महानगरको उपाध्यक्ष थिए भने न्यौपाने पूर्व सचिव थिइन् ।
उपाध्यक्षहरूमा चन्द्रबहादुर वन, धर्मलाल माझी र सनोज कुमार यादव निर्वाचित भए ।सचिवमा सोनु मेवट र सहसचिवमा दिनेश कुमार कामत निर्वाचित भए ।
कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।