संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापामा शिक्षक सवार बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना शिक्षक घाइते भएका छन् ।

काठमाडौंको सडक केन्द्रित आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-९ दूधेमा आज बिहान दुर्घटना भएको हो ।

Advertisement

काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १२ जनालाई बिर्तासीटी अस्पताल र ९ जनालाई बी एन्ड सी अस्पतालमा लगिएको थियो ।

‘घाइतेहरूको अवस्था सामान्य छ । घाइतेमध्ये केहीको डिस्चार्ज भइसक्यो’, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले संगालोखबरसँग भने, ‘अन्यको पनि केही समयपछि डिस्चार्ज भइसक्छ ।’

चालक शिवसताक्षी-८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!