
विराटनगर । सुनसरीको धरान-८ बाट बस चोरी भएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार मर्मतका लागि ग्यारेजमा राखिएको बस बिहीबार बेलुका चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार ग्यारेजबाटै बस स्टार्ट गरेर लगिएको हो । बस चोरी भएको उजुरी परेपछि खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
‘चोरी भएको भनेर निवेदन परेको छ’, डीएसपी जबेगुले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहेको छ । खोजी पनि तीब्र पारेका छौँ । बाँकी कुरा अनुसन्धानपछि खुल्नेछ ।’