संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!