संगालोखबर


धनकुटा । संखुुवासभा समाज कतार लोपोन्मुख नेपाली लोकबाजा संरक्षणमा जुटेको छ । नेपाली मौलिकता झल्काउने नौमति पञ्चेबाजा नेपालबाट कतार लगेर समाज संरक्षण र प्रवर्द्धनमा जुटेको हो ।

कतारमा हुने शुभकार्य तथा अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको लागि दक्ष कलाकारसहित नौमति पञ्चेबाजा भित्राएको समाजले जनाएको छ ।

Advertisement

नेपाली कला, संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको अवस्थामा यसको संरक्षण गर्ने अभियान थालिएको संखुवासभा समाज कतारका सदस्य उमेश सुवेदीले जानकारी दिए ।

विदेशी भूमिमा नेपाली कला संस्कृति चिनाउनुसँगै र संरक्षण गर्नु मुख्य उद्देश्य रहेको उनको भनाइ छ । नेपालको नौमति बाजालाई कतारमा लोकप्रिय बनाउने समाजको योजना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!