संगालोखबर


विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय खुला गल्फ प्रतियोगितामा विराटनगरका नितेश गुप्ता नेट विजेता भएका छन् ।

शनिबार धरान गल्फ क्लब सुनसरीमा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंकसहित गुप्ता विजेता बनेका हुन् । रमेश चौधरीले नेट तर्फ दोस्रो स्थान हासिल गर्दा राजिव घिमिरे तेस्रो भए ।

Advertisement

प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंकसहित सुमन परियार विजेता भए भने गजेन्द्र लिम्बु उप-विजेतामा सीमित भए । जुनियरतर्फ दिपेश श्रेष्ठ विजेता हुँदा लक्की साह उप-विजेता भए भने सिनियरतर्फ तुलसी लिम्बु विजेता बन्दा विजय राई उप-विजेता बने ।

महिलातर्फ पोखराकी दानवी गुरुङ विजेता हुँदा सुमित्रा लिम्बू उप-विजेतामा सिमित भइन् । सुयेश प्याकुरेलले जानकारी दिनुभयो।

प्रतियोगिताका विजेता खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघका अध्यक्ष सुयेश प्याकुरेल लगायतले ट्रफी हस्तान्तरण गरेका थिए । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा प्रतियोगिता भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!