संगालोखबर


विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक अभियान सुरु गरेको छ । बुधबार उदयपुरको कटारी बजारबाट ९ दिने ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो ।

अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले उद्‌घाटन गरे । अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले बताए ।

Advertisement

यस्तै आज उदयपुरको बेल्टारमा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।  यस्तै बैशाख १३ गते सुनसरीको धरान, १४ गते मोरङको केराबारी बजार,  १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, १६ गते इलामको चुलाचुली, १७ गते झापाको बुद्धशान्तिमा कार्यक्रम हुने छ । १८ गते झापाको बाहुनडाँगीमा पुगेर कार्यक्रम समापन गरिने जनाइएको छ ।

अभियानका क्रममा जनसांस्कृतिक महासङ्घ कोशी प्रदेशका कलाकारहरूले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरू सुनाउने गरेका छन् ।

प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए । सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् ।

कार्यक्रममा १-२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुती भइरहेको नेम्वाङले बताए । माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम सञ्चालन गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!