संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभा एक वृद्धको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद मृत्यु भएको हो ।

उनकी श्रीमतीले प्रहरीलाई बताए अनुसार वृद्धलाई गएराति दुई जना नचिनेका मान्छेले सुतिरहेको अवस्थामा घाँटी थिचेका थिए । छिमेकी भेला हुँदा वृद्धको मृत्यु भइसकेको र अपरिचित व्यक्ति फरार भइसकेका खुलेको प्रहरीको भनाइ छ ।

Advertisement

‘घटना शंकास्पद भएकाले हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले संगालोखबरसँग भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन । तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनको भनाइ छ । प्रहरीका अनुसार घरमा श्रीमती र मीनबहादुर मात्रै बस्दै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!