संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लाग्दा इलामको चुलाचुली गाउँपालिका-३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिजुलीको पोलमा चढेर इन्टरनेटको तार विस्तार गर्ने क्रममा दुई जनालाई करेन्ट लागेको थियो । जसमध्ये लावतीको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

करेन्ट लागेर सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का अन्दाजी ४३ वर्षीय बालकुमार अधिकारी गम्भीर घाइते भएका छन् । उनको आर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू दुवै जना टेकमाइन इन्टरनेटका कर्मचारी हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!