देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।
‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्...
प्रचण्डलाई भेट्न पुगे बालेन शाह

प्रचण्डलाई भेट्न पुगे बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट ...
पल शाहलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

पल शाहलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न मा...
बुवाको नाममा परीक्षा दिँदै गर्दा छोरा पक्राउ

बुवाको नाममा परीक्षा दिँदै गर्दा छोरा पक्राउ

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष...
सार्वजनिक सवारीको भाडा घट्यो

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत ...
नुवाकोटको विदुरमा केएमसीको दुईदिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

नुवाकोटको विदुरमा केएमसीको दुईदिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीवार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भ...
औषधि लिन गएका साहको शव भेटियो इनारमा

औषधि लिन गएका साहको शव भेटियो इनारमा

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थ...
बजेटले वनस्पति घ्यू उद्योगलाई समस्यामा पारेको गुनासो

बजेटले वनस्पति घ्यू उद्योगलाई समस्यामा पारेको गुनासो

विराटनगर । केही दिन अघि सार्वजनिक आर्थिक बर्ष २०७९/०८० को बजेटमा विरोधाभाषपूर्ण निति अवलम्बन गरिदा वनस्पति घ्यू उद्योगहरुलाई समस्या परेको भन्दै नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले बजेट प्रति असन्तुष्टि जनाएको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर यो नितिले समग्र वनस्पति तेल उद्योगहरु समस्याग्रस्त हुँनेतर्फ सचेत पनि गराएको छ । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी त्यसला...
शिक्षकबाट राजीनामा दिएर चुनाव लडे, हारेपछि पुनः नियुक्ति

शिक्षकबाट राजीनामा दिएर चुनाव लडे, हारेपछि पुनः नियुक्ति

कपिलवस्तु । निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ । स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगर...
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदहरुको माग

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदहरुको माग

काठमाडौं । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मुलुकभ...
श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीको मृत्यु

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीको मृत्यु

चितवन । घरायसी विवादका क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । माझीको सोमबार अपरेसन गरिएको थियो । अप्रेशनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिएर मृत्यु भएको उनल...
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घट...
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

विराटनगर । आइतवार बिहानदेखि बेपत्ता भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् । विमान दुर्घटनामा भएको मानवीय क्षतिको यकिन विवरण आउँन वाँकी छ । नेटवर्कको समस्याका कारण थप विवरण प्राप्त गर्न समस्या भइरहेको सेनाले जनाएको छ । पोखराबाट आ...
काठमाडौंको गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १२१ जनाको ...
सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी राष्ट्रसेवक कर्मचारीको तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए । हा...
सरकारले अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन दिने

सरकारले अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् । यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब...
अब ६८ बर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिइने

अब ६८ बर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिइने

काठमाडौं । सरकारले ६८ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् । हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकाल...
लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

काठमाडौं  । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनी...
बेपत्ता जहाजमा को–को थिए ? (नामावलीसहित)

बेपत्ता जहाजमा को–को थिए ? (नामावलीसहित)

पोखरा । पोखराबाट जोमसोम जाँने क्रममा बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलसहित २२ जना सवार रहेको खुलेको छ । जहाजमा चालक दलका तीनसहित १९ यात्रु सवार थिए । विमानस्थलका अनुसार चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिइन् । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ...
पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि उडेको बिमान सम्पर्कविहीन

पोखराबाट १९ यात्रु बोकेर जोमसोमका लागि उडेको बिमान सम्पर्कविहीन

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएको छ । ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो । त्यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्कबिहिन छ । जहाज सम्पर्कबिहिन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलका अनुसार जहाजमा १९ यात्रु सवार छन् । विमान सम्पर्कबिहिन भएपछि अहिले हेलिकोप्टर पठाउने तया...
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

काठमाडौं । आज जेठ १५ गते, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लो...
काठमाडौंको मेयरमा बालेन निर्वाचित, उप–मेयर बनिन् सुनिता

काठमाडौंको मेयरमा बालेन निर्वाचित, उप–मेयर बनिन् सुनिता

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरले विजयी भएका छन् । ६१ हजार ७ सय ६७ मतसहित शाह मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन् । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई २३ हजार ४ सय २६ मतान्तरले पछि पार्दै शाह मेयरमा निर्वाचित भएका हुन् । म...
दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३९ घाइते

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३९ घाइते

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३९ जना घाइते छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा भएको हो । दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला श...
सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने दुई जना पक्राउ

सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने दुई जना पक्राउ

बुटवल । सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गााउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गााउँपालिका घर भइ रुपन्देही कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगर छन् । उनीहरुले सैनामैना नगरपालिका १० शितलापुरस्थित एक होटलमा जेठ ५ गते धन सौमैलाई पुरानो बाँकी रह...
लण्डन पुगेर मन्त्री कार्कीले भने,-‘बुद्ध जन्मस्थानबारेका सबै भ्रम अन्त्य भइसके’

लण्डन पुगेर मन्त्री कार्कीले भने,-‘बुद्ध जन्मस्थानबारेका सबै भ्रम अन्त्य भइसके’

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानका बिषयमा रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिती र मन्तव्यले गौरवान्वित भएको बताएका हुन् । बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्...
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

काठमाडौं । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ । चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ ...
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि, ग्यासको मूल्य १८ सय पुग्यो

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि, ग्यासको मूल्य १८ सय पुग्यो

काठमाडौँ । पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउँने ग्यासको मूल्य बढेको छ । आइतवार राती १२ बजेबाट लागू हुँने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको हो । मूल्यबृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । ग्यासमा...
२५ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित

२५ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्ष लगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका ...
आजदेखि लगातार ६ दिन विद्यालय बन्द

आजदेखि लगातार ६ दिन विद्यालय बन्द

काठमाडौं । आजदेखि लगातार छ दिन विद्यालय बन्द हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो। निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मत...
महिलाको अपहरणपछि हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

महिलाको अपहरणपछि हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

रुकुम पूर्व । रुकुम पूर्वमा महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो । ३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको अपहरणपछि हत्या गरेको आरोपमा वैशाख २६ गते उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भ...
error: Content is protected !!