संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

Advertisement

सरकारले उनको परिवारलाई क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । कति रकम दिने भन्ने निर्णय भने भएको छैन । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । तर आन्दोलनकारीले लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै उक्त रकम अस्वीकार गरेका थिए ।

प्रदेशको नाम कोशी राखेको भन्दै विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब घाइते भएका थिए । उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!