- संगालोखबर सम्वाददाता

काठमाडौं । आज काठमाडौंको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो ।

Advertisement

संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं रहेको छ । काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । जसको वायु प्रदूषणको अवस्थामा १७९ एक्यूआईमा छ ।

बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको हो । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!