संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी क्षेत्रका विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन् ।

Advertisement

सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन् । उनले शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि सो अनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै आपत्ति जनाइन् ।

‘शिक्षा नागरिकको मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिएको छ । तर शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाहरुले पाइरहेका छैनन् । महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन । कयौं मानिसहरु गरिबीको खाडलमा जाकिँदै गइरहेका छन् । तसर्थ निजी विद्यालयहरु प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्’ सांसद माझीले भनिन्, ‘वर्षै पिच्छे नयाँ–नयाँ किताव फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताव फेर्न पाउने व्यवस्था गरियोस् भनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!