संगालोखबर सम्वाददाता

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग वाणिज्य दिवस र उद्योग वाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक-पटक सम्मानित हुँदै आएको छ ।

आर्थिक वर्ष २०७३/०७४, २०७६/०७७ र २०७७/०७८ मा नोबेलले स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । सो बापत आन्तरिक राजश्व विभागले नोबेललाई तीन वर्ष उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिसकेको छ ।

२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक-पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।

सबैभन्दा बढी कर तिरे बापत नोबेललाई यसअघि गरिएको सम्मानका तस्वीर…

यसअघि प्रकाशित समाचार..

मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)

 

स्वास्थ्य र शिक्षाबाट नोबेलले तिर्यो मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्यो सम्मान

 

स्वास्थ्य र शिक्षा क्षेत्रमा नेपालकै सबैभन्दा बढी आयकर तिर्ने नोबेललाई सरकारले गर्यो सम्मान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!