मतदानस्थल वरपर राखिएका प्रचार सामग्री आजै हटाउनुपर्ने
विराटनगर । मतदानस्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा अगाडि नै हटाउन आयोगले आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिता अनुसार मतदानस्थल वरपर चुनावी प्रचार प्रसारका सामग्री राख्न मिल्दैन । । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन...




























