बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ
बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी छन् ।
एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै ...































