- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

रौतहट । बाटोमा दिशा गरेको निहुँमा झगडा हुँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ । झगडामा परी रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियाका पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवीको मृत्यु भएको हो ।

खेत जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ हानाहान भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोलाले घरमै पुगेर सुगन्धी देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गरेका थिए ।

Advertisement

यादवको कुटाइबाट गम्भीर घाइते भएकी सुगन्धिलाई उपचारका लागि बिरगञ्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय मौलापुरबाट पुगेको प्रहरी टोलीले भोलाको परिवारका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनापछि भोला फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । रौतहटका १८ वटै स्थानीय तहलाई खुल्ला दिशामुक्त घोषणा गरिएपनि अहिलेसम्म कयौं घरमा शौचालय छैन । उनीहरु खुल्ला ठाउँमा दिसा गर्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!