- संगालोखबर सम्वाददाता

तनहुँ । तनहुँ क्षेत्र नं.१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतान्तरले पराजित गर्दै वाग्ले बिजयी भएका हुन् ।

Advertisement

वाग्लेले ३४ हजार ९१८ मत पाएका छन् भने भट्टराईले २० हजार १२२ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका छन् ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट कांग्रेस उम्मेद्वार रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए । एमाले उम्मेद्वार एकबहादुर राना मगरलाई ५ हजार ३८० मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका थिए ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा पाँच महिनापछि उपनिर्वाचन गर्दा परिणाम उल्टिएको हो ।

कांग्रेसमै रहेका वाग्ले पार्टीप्रति असन्तुष्ट बन्दै रास्वपा प्रवेश गरेर उम्मेद्वार बनेका हुन् । वाग्लेको पार्टी परित्यागसँगै कांग्रेसले नेतामात्र हैन निर्वाचित भएको क्षेत्र पनि गुमाउनु परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!