संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे ९५ वर्षीय जबराको निधन भएको हो ।

Advertisement

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । साथै युरिया उच्च देखिएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएपछि उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो ।

१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!