- संगालोखबर सम्वाददाता

काठमाडौँ । आगामी बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएको छ । बैशाख अन्तिम साताबाट परीक्षा थाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Advertisement

साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । जेठ ५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!