- संगालोखबर सम्वाददाता

चितवन । चितवन क्षेत्र नं.२ बाट पुनः राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछाने निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतान्तरले लामिछानेले अग्रता लिइसकेकाले उनी निर्वाचित हुने निश्चित भएको हो ।

Advertisement

अब, करिब २२ हजार मत गन्न बाँकी छ । लामिछानेले ३२ हजार ६११ मतान्तरले अग्रता लिइसकेकाले उनले जित्ने पक्कापक्की भएको हो । ५६ हजार ५०७ मत गणना गर्दा लामिछानेको पक्षमा ४० हजार ६९ मत गणना भएको छ ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन् । एमाले उम्मेद्वार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गरेका छन् । आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।

लामिछाने गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए । नागरिकता विवादका कारण उनी पदमुक्त भएपछि पुनः उपनिर्वाचन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!