- संगालोखबर सम्वाददाता

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा भएको  प्रतिनिधि सभा उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डा.स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन् । आइतबार मतदान पश्चात गएरातीदेखि मतगणना भइरहेको छ । मतपरिणाम अनुसार वाग्लेले सुरुवाती चरणमा दोब्बरले अग्रता लिएका हुन् ।

Advertisement

वाग्लेले ५९०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा २६८७ मत गणना भएको छ । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् । काग्रेस पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका वाग्लेलाई पार्टीले उपनिर्वाचनमा उम्मेद्वार बनाएको हो ।

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।

चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन भएको छ । मतदान सकिएपनि चितवन र बारामा भने मतगणना सुरु भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!