- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगो लागेको छ । विमानस्थलबाट उड्नासाथ विमानको इन्जिनमा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको हो । विमानका पाइलटले दायाँ भागको इन्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् ।

विमानलाई आकस्मिक अवतरणको तयारी भइरहेको बताइएको छ ।

अपडेट: एउटा इन्जिनमा समस्या आएपनि जहाज अहिले अर्को इन्जिनको भरमा गन्तव्यतर्फ गइरहेको प्रधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण नगरी जहाज दुबई तर्फ नै गएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!