- संगालोखबर सम्वाददाता

चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । रास्वपाका सभापतिसमेत रहेका लामिछाने ४२ हजार ९ सय ६२ मतान्तरले बिजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन् भने एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रबाट लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरणका कारण लामिछाने पदमुक्त भएपछि सो क्षेत्रमा उपनिर्वाचन गरिएको हो । अघिल्लो निर्वाचनको तुलनामा लामिछानेले यो निर्वाचनमा आफ्नो मत र मतान्तर दुवै बढाएका छन् ।

गत निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मतसहित ३४ हजार ३१२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । पहिलेको तुलनामा लामिछानेको अहिले ४ हजार ८७६ मत बढेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!