संगालोखबर सम्वाददाता

विराटनगर । किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा आराधना गरी किराँत समुदायले उभौली मनाउँने गर्छन् ।

Advertisement

उभौली, किराँत समुदायको महत्वपूर्ण पर्व हो । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने चलन छ । अब गर्मी बढ्नाले किराँती समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसलाई उभौली भनिएको हो ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि उँभो लाग्ने चलन छ । जंगली जनावर र पशुपक्षी पनि गर्मी छल्न लेक तिर लाग्ने बताइन्छ । उभौलीमा चण्डी नाच्ने गरिएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिन्छ । उभौलीमा साकेला पनि नाच्ने गरिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्री, सभामुखलगायतले उभौलीको शुभकामना दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि उभौली पर्वको अवसरमा किराँत समुदायलाई शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!