- संगालोखबर सम्बाददाता

काठमाडौँ । फागुन महिनामा ११ दिन सार्वजनिक विदा परेको छ । विभिन्न पर्व, दिवस र शनिवारको बिदासहित एक महिनामा ११ दिन सार्वजनिक बिदा हुनेछ ।

Advertisement

फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दियो, ७ गते प्रजातन्त्र दिवसको बिदा हुनेछ । ९ गते ग्याल्पो ल्होछार परेको छ, १५ गते मगर दिवस छ । २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमाको बिदा हुनेछ । २४ गते पनि बिदा नै छ, त्यो दिन नारी दिवस परेको छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि धेरै स्थानीय तहले बिदा दिने गरेका छन् । यसैगरी ६, १३, २० र २७ गते शनिबार परेको छ ।

राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा छन् । धर्म, संस्कृति लगायतका आधारमा प्रदेश सरकारले पनि वर्षमा ६ दिन बिदा दिन पाउने प्रावधान भएकाले वर्षमा सार्वजनिक बिदा हुने दिनको संख्या अझै बढी हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!