- संगालोखबर सम्वाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिएर भएपनि सरकारमा लैजानु उपयुक्त हुने बताएका छन् । नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

Advertisement

जनताले विश्वास गरी सबैभन्दा बढी मत दिएर लामिछानेलाई जिताएको भन्दै मन्त्री किरातीले जनताको विश्वासको सम्मान गर्नुपर्ने तर्क गरे । उनले भने, ‘अत्यधिक मतले जितेर आउनुभएको छ रवि लामिछाने जी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ,’ मन्त्री किरातीले भने ।’ जनताले ठूला दललाई सच्चिन र सबै मिलेर जान सुझाव दिएको भन्दै उनले सो कुरा बुझेर अघि बढ्नुपर्ने तर्क गरे । नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै उनले एकले अर्कालाई गाली गरेर अघि नपुगिने उल्लेख गरे ।

‘जनताले भनेका छन्, तिमीहरूले होस पुर्‍याएनौँ भने दिन आउँदै छ, अझै आउँदै छ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरीत पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको विरुद्धमा एकजुट होऔँ,’ उनले भने, ‘देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झन्डा रहन्छ, देशै नरहे के रहन्छ ?’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!