- संगालोखबर सम्वाददाता

कालिकोट । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कर्णाली हेल्थ केयर फाउण्डेशनसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार ८ सय ७५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १६८ जनाको इसीजी, २८५ जनाको रक्त परीक्षण, २९६ जनाको भिडियो एक्सरे र ६५ जनाको इको गरिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ६३ जना विरामीको अप्रेशन गर्नुपर्ने देखिएकाले उनीहरुलाई अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका विरामीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले केएमसीमा निःशुल्क अप्रेशन तथा उपचारको व्यवस्था मिलाइदिएका छन् । विरामीहरुलाई अस्पतालसम्म ल्याउँन स्थानीय पालिकाले सहयोग गर्नेछन् ।

यसअघि केएमसीले सुदूरपश्चिम प्रदेशको अछामका तीन ठाउँमा पाँच दिन शिविर सञ्चालन गरेर ९ हजार विरामीको निःशुल्क उपचार गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!