संगालोखबर सम्वाददाता

काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

शुक्रबार प्रहरीको लाठि चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह घाइते भएका थिए । घटनापछि शनिवार संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठक बसेको थियो ।

बैठकले एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!