- संगालोखबर सम्वाददाता

पोखरा । पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीय वृद्धा याममाया गिरीको मृत्यु भएको हो ।

Advertisement

दिउँसो एक्कासि हावाहुरी चल्दा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको डुङ्गामा एकै परिवारका ६ जना सवार थिए । डुंगा पल्टिए लगत्तै सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो । लाइफ ज्याकेट लगाएकाले पाँच जना पानीमा तैरिएका थिए ।

तर, डुंगा पल्टिँदा वृद्धा याममाया सोही डुङ्गाको मुनी थिचिएकी थिइन् । बेहोस अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । तर, अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भिडियो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!