कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५
विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् ।
धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...






























